अनु मलिकमाथि लागेको यौन शोषणको केस बन्द


 


एजेन्सी – सन् २०१८ मा सुरु भएको ‘मीटू अभियान’ को चपेटामा परेका संगितकार अनु मलिकमाथि लागेको यौन शोषणको केस बन्द भएको छ।

राष्ट्रिय महिला आयोगले अनुको विरुद्ध प्रशस्त प्रमाण नजुटेपछि उक्त केस बन्द भएको जानकारी दिएको छ।

अनुमाथि सोना महापात्रा, श्वेता पण्डित, नेहा भसीन, केरालिसा मोन्टेरियो र डेनिका डिसूजाले यौन शोषण गरेको आरोप लगाएका थिए ।

आयोगले सोना मोहापात्रासँग आरोपको सम्बन्धमा दस्तावेज माग गरेको थियो । जुन सोनाले उपलब्ध गराउन सकिनन् । राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माको अनुसार पीडितले आयोगमा आउन इन्कार गरेको र ४५ दिनसम्म पर्खेपछि उक्त केस बन्द गरिएको हो ।

अनु मलिक विरुद्ध ज–जसले आरोप लगाएका थिए ती महिलाहरु अहिले आयोगको सम्पर्कमा नआएको आयोग प्रमुख शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्