सम्धीले सम्धीनीलाई लिएर भागेपछि टुट्यो छोरा छोरीको विवाह



एजेन्सी, माघ ८
भारतको शहर सूरतमा अचम्मको घटना घटित भएको छ । छोराछोरीको विवाह हुन अघि नै सम्धीले सम्धीनीलाई लिएर भागेका छन् । आमाबुवाको यस्तो कदमपछि छोरा–छोरीको विवाह टुटेको छ ।

यो घटना सोसल मिडिया र भारतीय राजनीतिमा चर्चाको विषय बनेको छ । दुबै परिवारको तर्फबाट पुलिस थानामा हराएको रिपोर्ट दर्ता भएको छ । एक निर्माण व्यवसायी राजनीतिक पार्टीकी कार्यकर्तासँग जनवरी १० तारिखमा भागेको भारतीय संचार माध्यम भास्करले बताएको छ । अहिलेसम्म उनीहरुबारे केही जानकारी पत्ता लागेको छैन । यसले दुई परिवारको चिन्ता बढाएको उल्लेख गरिएको छ ।

निर्माण व्यवसायीको ती महिलासँग विवाह अघि नै प्रेम सम्बन्ध रहेको र विशेष कारणवश उनीहरुले भिन्न व्यक्तिसँग विवाह गरेको बताइन्छ । विवाहपछि पनि उनीहरुबीचको प्रेम सम्बन्ध कायम रहेको र यसलाई थप प्रगाढ बनाउनका लागि यी दुईले आफ्नो छोरा छोरीको पनि विवाह गर्ने निर्णय लिएको स्रोतले उल्लेख गरेको छ । छोराछोरीको भ्यालेन्टाइन्स डेमा विवाह हुने निश्चित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News