जीप दुर्घटना, तीन जनाको मृत्यु


 


पर्वत, भदाै २५

पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ग१ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । म्याग्दीको ज्यामरुककी राममाया दमाईको घटनास्थलमै र कास्कीको रिवाङ–९ का ५० वर्षीया दिलकुमारी बुढाथोकी र हरिमाया पुनको म्याग्दीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पर्वत प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

घटनामा आठ जना यात्रु घाइते छन् । रिवाङ–९ कास्कीकी १४ वर्षीया अमृता पुनको अवस्था गम्भिर छ । उनको म्याग्दी जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको छ। बाँकी सात जना घाइतेको म्याग्दी अस्पतालमै उपचार भइरहेको खनालले बताए ।

घटनास्थलबाट उनले दिएकको जानकारी अनुसार जीप सडकबाट ६६ मिटर तल खसेको छ। ‘स्थानीयबासीका अनुसार ब्रेक फेल भएकै कारण जीप दुर्घटनामा परेको देखिन्छ’, उनले भने ।

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्