फेसन सेन्सका कारण रणवीरको ट्रोल


 


काठमाडौं, माघ १२
रणवीर सिंह आफ्नो अचम्मको फेशन सेन्सका लागि परिचित छन् । हालै रणवीरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर पोष्ट गरेका छन् जसमा उनले पोल्का डट ब्ल्याक शर्ट, मल्टीकलर्ड ट्राउजर, गगल्स र शर्टसँग म्याचिङ पोल्का डट क्याप लगाएको देखिएका छन् ।

उनको यो तस्बिर सार्वजनिक हुने बित्तिकै सोसल मिडिया प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे । केही प्रयोगकर्ताले रणवीरलाई दीपिकाको कवडा लगाएको हो भनेर प्रश्न सोधे भने कतिले उनको फेसन सेन्स पटक्कै मन नपरेको भनी कमेन्ट गरे । एकजना प्रयोगकर्ताले लेखे, ‘यो के गर्‍यौ ?’

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्