काजोल आमाछोरीको नयाँ पोज


 


मुम्बई, माघ १९ (एजेन्सी)

अजय देवगण र काजोल बलिउडका सफल जोडी मानिन्छन् । अरु कलाकारका सन्तान मिडियामा छाइरहँदा यी दुईका सन्तान भने चर्चाभन्दा टाढै छन् ।

तर, हालै मात्रै काजोलले छोरी न्यासासँग इन्स्टाग्राममा दुईवटा फोटो सेयर गरेकी छिन् । यसले आमाछोरी दुवैलाई चर्चामा ल्याएको छ ।

यी फोटो सेयर गर्दै काजोलले लेखिन्, ‘धेरै दिनपछि मेरी छोरीसँग मुम्बई रोडमा ।’ यी फोटोले अहिलेसम्म चार लाख बढी लाइक पाएको छ । यसबाहेक प्रयोगकर्ताले यसमा थुप्रै कमेन्ट पनि गरिरहेका छन् । प्रशंसकले आमा–छोरीको निकै तारिफ गरेका छन् ।
काजोलले अजय देवगणसँग सन् १९९९ को फेब्रुअरी २४ मा विवाह गरेकी थिइन् । उनीहरुले सन् २००६ को अप्रिलमा छोरी न्यासा र सन् २०१० को सेप्टेम्बरमा छोरा युगलाई जन्म दिए ।

प्रकाशित मिति: १९ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्