रजनीकान्तलाई संकट, मुद्दा हाल्ने तयारी




दक्षिण भारतीय तथा बलिउड सुपरस्टार रजनीकान्तविरुद्ध केही वन संरक्षण अभियान्ताहरुले मुद्दा हाल्ने तयारी गरेका छन् । उनले आफ्नो विश्व चर्चित टेलिभिजन शो ‘म्यान भर्सेस वाइल्ड’ को हालसालै मात्र सुटिङ सकाएका छन् ।

यो शो मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अभिनेता अक्षय कुमार सहभागी भइसकेका छन् । यस कार्यक्रमको लोकप्रियताका कारण बेयर ग्रिल्सले रजनीकान्तसंग पहाडी इलाकामा कसरी जनजीवन सुरक्षित रहन सकिन्छ भन्नबारे भिडियो बनाउन मसुराको जंगलमा पुगेका थिए । तर, अफसोच रजनीकान्तलाई आपत आइपर्यो ।

शो छायांकनका लागि रजनीकान्तले बन्दीपुरको जंगललाई छनोट गरेका थिए । त्यही कुरालाई कारण देखाउँदै कर्नाटकका केही जंगल सम्बन्धी अभियान्ताहरुले उनीविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । रजनीकान्तको यो रोजाईले त्यहाँँका बोटविरुवा र जनावरमा नराम्रो असर पुगेको उनीहरुले बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News