मलाइका–अर्जुनको मस्ती !



मुम्बई, माघ २४

अरबाज खानसँग सम्बन्ध विच्छेद गरेपछि मलाइका अरोडा र अभिनेता अर्जुन कपुर सम्बन्धमा छन् । यो नयाँ खबर होइन ।

तर, अचेल यी दुवैले पार्टीहरुमा आफूलाई सँगै उभ्याउँदै आएका छन् । बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपूरको सम्बन्धको विषयलाई लिएर निकै चर्चा हुन थालेको छ । उमेरको अन्तरले पनि प्रेमसम्बन्धको बारेमा खबर बाहिरिएसँगै उनीहरु चर्चामा थिए ।

एकपटक फेरि यो जोडी चर्चामा छाएको छ । बोल्ड लुक्सका कारण यो जोडी ‘टक अफ द टाउन’ बनेका छन् । हालैको एक मध्यरातमा अरमान जैन र अनीषा मल्होत्राको विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसैबीच मलाइका अरोडा निकै हट लुक्समा देखिएकी छिन् । उनी रातो सारीमा देखिएकी छिन् । अर्जुन कपूरले हरियो रङको शेरवानी लगाएका छन् । उनी भेन्यूमा पुग्ने वित्तिकै मलाइकालाई पर्खिरहन्छन् र मलाइका भेन्यूमा पुगेपछि दुवैले फोटोशुट गर्दै गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News