यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका


 


modi-prachanda

काठमाडौं, भदौ २६ भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकबाट आफ्नो भ्रमण तालिका सार्वजनिक गरेका छन् ।

तालिकाअनुसार प्रधानमन्त्री दाहालको भदौ ३० गते भारत जाने र असोज २ गते स्वदेश फर्कने कार्यक्रम छ । भदौ ३० गते नेपालीकै बीचमा बढी भेटघाट हुने, दूतावासमा स्वागत कार्यक्रम हुने र विदेशी पाहुनालाई बोलाएर अन्तक्र्रियात्मक कार्यक्रम गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीले समिति बैठकमा जानकारी दिए ।

दोस्रो दिन ३१ गते औपचारिक भेटघाट, असोज १ गते हिमाञ्चल प्रदेशको हाइड्रो प्रोजेक्टको अवलोकन भ्रमण र सोही दिन बेलुका नयाँ दिल्लीमै फर्किएर त्यहाँका बुद्धिजीवीसँग अन्तक्र्रिया गर्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको छ ।

बाबा रामदेवले सञ्चालन गरेको पतञ्जलि योगपिठको कारखाना अवलोकनको कार्यक्रम २ गतेका लागि तय गरिएको छ भने साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: २६ भाद्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्