कुबेतमा ढुंगाबालुवाको ढिस्कोमा पुरिएर ६ नेपाली कामदारको मृत्यु



काठमाडौं, फागुन २
कुबेतमा ढुंगाबालुवाको ढिस्कोले पुरिएर ६ जना नेपाली कामदारको मृत्यु भएको छ। २ नेपाली कामदार घाइते भएका छन्।

अल मुट्ला क्षेत्रमा बुधबार निर्माणस्थलमा काम गरिरहेका बेला ढुंगाबालुवाको ढिस्को खसेको र ६ नेपाली कामदारको मृत्यु भएको कुबेतस्थित नेपाली दुताबासले बिहीबार जनाएको छ।

कुबेतस्थित नेपाली दुताबासले विज्ञप्तिमार्फत् जनाए अनुसार दुर्घटनामा ज्यान गुमाएका ६ मध्ये ४ जनाको पहिचान खुलेको छ।

दुताबासले विज्ञप्तिमा उल्लेख गरेअनुसार ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त चौधरी र दाङका श्यामनारायण चौधरी रहेका छन्।

घाइतेमध्ये धर्मेन्द्रकुमार शाहीको कुबेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का घाइते मनोरथ मण्डल उपचार पश्चात फर्किएको दुताबासले जनाएको छ।

उनीहरु कुवेतस्थित ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News