प्रणय दिवस मनाउन रानीमहल



तानसेन, फागुन २
प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहलमा प्रणय दिवस मनाउन अघिल्लो सातादेखि नै युवायुवती पुगिरहेका छन्। कालीगण्डकी किनार सुन्दर ढुंगा, त्यही ढुंगा माथि निर्माण भएको छ प्रेमको प्रतीक रानीमहल प्रमुख आकर्षण हो।

युवायुवतीका लागि रानीमहल गतिलो गन्तव्य बनेको छ। हाल दैनिक १५ सयको हाराहारीमा पर्यटक आइरहेको रानीमहल अस्थायी प्रहरी चौकीका हबलदार खेमबहादुर केसीले बताए। बास बस्ने होटलसमेत खुलेकाले बिहीबार नै कयौं जोडी पुगेका छन्।

कालीगण्डकीमा पक्की पुल निर्माणसँगै गुल्मी, स्याङ्जाको मिर्मी, आलमदेवीबाट समेत रानीमहल पुग्न सकिन्छ। एक सातादेखि रानीमहल क्षेत्रका होटलहरू सबै भरिएको न्यु रानीमहल रेस्टुरेन्ट एन्ड लजका सञ्चालक सुरेश पाण्डे क्षेत्री तथा रानी भिलेज रिसोर्टका सञ्चालक वसन्त कुवँरले बताए।

पश्चिमा समाजबाट भित्रिएको प्रणय दिवस नेपालीमा समेत भिज्दै गएकोले पाल्पाको रानीमहलको महत्त्व पनि दिनहुँ बढ्दै गएको छ। सच्चा प्रेम गर्ने युवा जोडीको लागि पाल्पाको रानीमहल प्रेरणादायक स्थान बन्दै गएको छ। प्रेम दिवसको छेकोमा मात्र होइन, अघिपछि पनि सयौं युवाहरू प्रेमको प्रतीक रानीमहल पुगी आफ्नो प्रेमभाव व्यक्त गर्न पुग्ने गरेका छन।

राणा खड्गशमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा रानीमहल दरबार निर्माण गरेका हुन्। विस १९४९ सालदेखि सुरु भई ६ वर्षमा दरबारको निर्माण सम्पन्न भएको थियो। करिब ११ रोपनी क्षेत्रफलमा रहेको रानीमहल दरबारमा २४ कोठा छन्। द

रबार परिसरमा मनमोहक बगैंचा, शिवालय, पानीपोखरी, शिवलिङमा नागनागिनाले जलशेचन दृश्य, भान्साघर, मन्दिरका ठूल्ठूला घण्टहरूसहितको विभिन्न आकर्षित कलाकृतिहरू देख्न सकिन्छ। दरबारमा अलंकारयुक्त ग्रिक शैलीका खम्बा, त्रिकोणत्मक छाना भएको झ्याल, गुम्बज आकारका झ्याल, नियो क्लासिकल स्थापत्यकला शैलीमा दरबारको निर्माण गरिएको छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा कृष्ण पोखरेलले लेखेका छन।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News