बलिउड अभिनेता सलमान भेट्न साइकलमा यात्रा


 


एजेन्सी, फागुन ३
यसपटक फिल्म फेयर मुम्बईमा नभई असमको राजधानी गुवाहाटीमा सुरु हुने भएको छ । १५ र १६ फेब्रुअरीमा हुने कार्यक्रममा बिजेताको नामको घोषणा पहिले नै भइसकेको छ ।

यहाँ बलिउडका विभिन्न हस्तीसहित सलमान खान पनि पुग्नेछन् । यसै आशामा सलमान खानका ५२ वर्षे प्रशंसक ६ सय किलोमिटर साइकल चलाएर उनलाई भेट्न गुवाहाटी पुगेका छन् ।

तिनसुकिया जिल्लामा बस्ने भूपेन लिक्सनले ८ फेब्रुअरीमा आफ्नो साइकल यात्रा सुरु गरेका थिए । ६ दिनपछि १३ फेब्रुअरीमा गुवाहाटी पुगे । उनले आफूसँग सलमानको एउटा तस्बिर पनि बोकेका छन् । सलमान खानलाई पनि साइक्लिङ निकै मन पर्छ उनलाई मुम्बईमा थुप्रै पटक साइकल चलाइरहेको देखिएका छन् ।

सन् २०१३ मा भूपेनले साइकलको ह्यान्डल नसमातिकनै एक घण्टामा ४८ किलोमिटरको यात्रा गरेका थिए । उनको यो रेकर्ड इन्डिया बुक अफ रेकर्डमा दर्ता छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्