कोरोना भाइरस : वुहानको सरकारी अस्पतालकै निर्देशक रहेनन्


 



काठमाडौं, फागुन ७
कोरोना भाइरसको प्रमुख केन्द्रबिन्दुु चीनको हुबेईको वुहानस्थित वुहान अस्पतालका निर्देशकको मृत्यु भएको छ । अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।

सरकारी टेलिभिजनकाअनुसार उनलाई बचाउन अस्पतालले भरमग्दूर प्रयास गरेको थियो । उनी कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुन् ।

यही प्राणघातक जीवाणुका कारण वुहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको मृत्यु भएको थियो । गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९ सयको मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्