सलमानलाई मार्न सुपारी लिएका कुख्यात गुण्डा नाइके पक्राउ


 



एजेन्सी
बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा नाइके पक्राउ परेका छन । राजस्थानका भुरा भनिने कुख्यात शुटर रवि मलिक पक्राउ परेका हुन् ।

उनले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए । लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थिए ।

सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए । तर, उनी अहिले तिहाड जेलमा छन् । उक्त घटनामा संलग्न भूरा मुम्बई, पञ्जाबसहित कैयौँ राज्यको प्रहरीले उनलाई खोजिरहेको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्