बाँस्कोटाको शंकास्पद सातवटा डायरी कसले लग्यो ?


 


काठमाडौं, फागुन १३
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ। अख्तियार दुरुपयोग अुनसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निवर्तमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ। ‘ती सदस्यहरूले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन्।

तथापी, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरूलाई केही थाहा नभएको बताउँदै भन्यो– ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि !’ यसबारे थप बुझ्दा उक्त मन्त्रालयका सचिव दीपक सुवेदीले अख्तियारले छापा नमारेको जानकारी दिँदै मन्त्रीको राजीनामा आएलगत्तै सरकारी कागजातहरू सुरक्षित राखिएको बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्