हुन्डाइले ल्यायो विद्युतीय कार


 



काठमाडौं, फागुन १३
हुन्डाई कम्पनीले नयाँ विद्युतीय कार बजारमा ल्याएको छ । एक पटक चार्ज गरेपछि ३ सय १० किलोमिटर माइलेज दिने आयोनिकको नयाँ मोडल बजारमा ल्याएको हो ।

यसअघिको मोडलमा प्रयोग गरिएको व्याट्री प्याक परिवर्तन गरि पहिला भन्दा १०० किलोमिटर बढी माइलेज दिने नयाँ मोडल बजारमा ल्याएको छ ।

हुन्डाई मोटर्सको नेपालको आधिकारीक बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल्सले ल्याएको नयाँ मोडलमा यसअघिको मोडलमा प्रयोग गरिएको २८ किलो वाटको व्याट्रीप्याक ३३ प्रतिशतले बढाएर ३८.३ किलोवाट पु¥याइएको छ ।

कम्पनीका अनुसार यसअघि ५१ लाख ९६ हजार रूपैयाँ पर्ने कारको मूल्य अहिले ५५ लाख ९६ हजार रुपैयाँ पर्ने छ । उक्त कारको व्याट्री चार्जिङ्ग स्टेशनमा ५४ मिनेटमा र घरमै ६ घन्टा ५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यसअघि ८८ किलोवाटको मोटर प्रयोग गरिएकोमा कारको फेसलिफ्ट मोडलमा १०० किलोवाटको मोटर प्रयोग गरिएकोले पुरानोभन्दा निकै पावरफुल रहेको कम्पनीको दावी छ । १३४ बीएच पावर र २९५ एनएम टर्क प्रदान गर्ने जनाइएको कारमा सबै लाइटहरु एलइडी प्रयोग गरिएको जनाइएको छ ।

कारमा १६ इन्चको अलोय ह्वीलका साथै वायरलेस फोन चार्जिङ, डिउल जोन क्लाइमेट कन्ट्रोल, प्रिमियम सिट, भ्यान्टीलेटेड, हिटेड र इलेक्ट्रीकल्ली एड्जस्टेवल सिट, सबैतिर पार्किङ सेन्सर जस्ता फिचर उपलब्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्