पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर


 



काठमाडौं, फागुन १५
सरकारले पेट्रोल र डिजेलमा कर बढाएको छ । यसअघि लिँदै आएको पूर्वाधारर विकास करमा कर बढाउँदै सरकारले प्रतिलिटर १० रुपैयाँ कर पुर्याएको छ ।

मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले पूर्वाधार विकास करको दर परिर्वतन गरेको अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । मन्त्रिपरिषदले गरेका निर्णय सुनाउँदै उनले अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ कर लिइने बताए ।

यसअघि प्रतिलिटर पाँच रुपैयाँ लिइने गरिएको थियो । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को बजेटमा पूर्वाधार विकास कर दिने व्यवस्था मिलाएका थिए ।

प्रकाशित मिति: १५ फाल्गुन २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्