पाँच दशकपछि भेटियो रेनबो सर्प, जसमा विष हुँदैन


 



एजेन्सी
पाँच दशकपछि अमेरिकाको फ्लोरिडामा रेनबो सर्प भेटिएको छ । ट्रेसी क्याथेन नामका एक पदयात्रीले चार फुट लामो सर्प भेटेका हुन् ।

ओकला नेशनल फरेस्टको फेसबुकमा शेयर गरिएको उक्त तस्बिरमा रातो र पहेँलो रङको सर्प रेनबो सर्प भएको फ्लोरिडास्थित नेचुरल हिस्ट्री संग्रालयले पुष्टि गरेको छ । यो सर्प सन् १९६९ मा पहिलो पटक भेटिएको थियो ।

उक्त संग्रालयका अनुसार यो सर्पमा विष हुँदैन । यो सर्प लोप भइसकेको थियो । उक्त सर्पको रक्षाको लागि बायोलोजिकल डाइभर्सिटी सेन्टरले २०१० मा निवेदन दिएको थियो ।

नेचुरल हिस्ट्री संस्थानका अनुसार सरकारले सर्वेक्षण नै नगरी उक्त सर्प लोप भइसकेको घोषणा गरेको थियो । सरकारले उक्त सर्प भएको प्रमाण दिनेलाई ५०० डलरको पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

प्रकाशित मिति: १७ फाल्गुन २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्