सुडानी प्रधानमन्त्री हमदोकमाथि हत्या प्रयास


 


सुडानी प्रधानमन्त्री अब्दुल्लाह हमदोकमाथि हत्या प्रयास भएको छ । उनीमाथि भएको आक्रमणबाट बाँच्न सफल भएका छन् ।

सोमबार राजधानी खार्तमस्थित उनीमाथि आक्रमण भएको हो । तर सुरक्षित स्थानतर्फ गएर बाँच्न सफल भएको स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । यसबारे पूर्ण विवरण आइसकेको छैन ।

सुडानमा लामो समयको द्वन्द्व समाधानपछि हमदोक प्रधानमन्त्रीमा चुनिएका थिए । एजेन्सी

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्