सौता ल्याएपछि श्रीमानको बाँडफाँट: ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग, १ दिन छुट्टि !



एजेन्सी, फागुन २७
भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँडफाँट भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँट भएको हो । भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छाडेपछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ। सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमतीसँग बस्नेछन् भने ३ दिन प्रेमिकासँग बस्नेछन् ।

हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन्। घटना शनिबारको हो। राजेश कुमार नाम गरेका पुरुषकी प्रेमिकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिइन्। जसपश्चात प्रहरी पनि तनावमा पर्यो।

राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीमती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँटको सहमति भयो। भारती संचार माध्यमहरुका अनुसार राजेशले प्रेमिकासंग पनि विवाह गरेका थिए।

विगत पाँच दिन देखि राजेश नयाँ श्रीमतीकोमा नगएपछि उनले प्रहरीका उजुरी दिएकी थिइन्। जुन सहमति सम्म पुग्यो। भएको सहमति अनुसार हप्ताको एक दिन राजेशलाई छुट्टि छ। त्यस दिन उनले चाहेको श्रीमतीसँग बस्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News