आज सुनचाँदीको मूल्य ह्वात्तै घट्यो


 



काठमाडौं, फागुन ३०
सुनचाँदीको मूल्य आज ह्वात्तै घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँ घट्दै प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपालमा पनि आज सुनको मूल्य ओरालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव आएपछि नेपालमा पनि सुनको मूल्य तलमाथि हुनेगर्छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घट्दै प्रतितोला आठ सय २० रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला आठ सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्