फेरि घट्याे सुनको मूल्य


 


काठमाडौं, चैत २
आइतबार छापावाल सुनको मूल्य तोलाकाे ७७ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार भने १५ सय घटेकाे छ। । यसअघि पनि छापावाल सुनको मूल्य तोलामा ३ हजारले घटेकाे थियाे।

यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ७९० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्