ओरालो लागेको सुनको मूल्य बढ्यो


 


काठमाडौं, चैत ३
ओरालो लागेको सुनको मूल्य सोमबार बढेको छ । आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सयले बढेर ७७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ७७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्