‘जहाँ जहाँ सरकारी जग्गा मिचिएको छ, मन्त्रालयमा सूचना दिनुस्’ : मन्त्री अर्याल



काठमाडौं, चैत्र ४

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक र सरकारी जग्गा मिचिएको सूचना भए मन्त्रालय र मन्त्रालयले गठन गरेको आयोगमा उजुरी दिन आग्रह गरेकी छन् ।

राष्ट्रियसभा मंगलबार बैठकमा बोल्दै मन्त्री अर्यालले कतै सार्वजनिक जग्गा र सरकारी जग्गा मिचिएको भए लिखित सूचना दिन आग्रह गरेकी हुन् । सार्वजनिक र सरकारी जग्गा फिर्ता गर्न मन्त्रालयले जाँचबुझ आयोगको गठन गरेको छ । सो आयोग अहिले त्यस्ता जग्गा खोज्न क्रियाशील रहेको उनले बताइन् ।

मन्त्री अर्यालले तराईमा दुई हजार ८५४ बिघा र पहाडमा ९६ रोपनी त्यस्तो जग्गा दर्ता बदर गरिसकिएको उनले संसदमा जानकारी दिइन् । उनले व्यक्तिका नाममा दर्ता गराइएका सरकारी र सार्वजनिक जग्गा ठूलै संख्यामा फिर्ता गर्ने तयारीमा सरकार लागेको बताइन् ।

उनले सरकारले पहिलो पटक राहत दिँदा भूमिहीन सुकुम्बासीलाई गर्ने बताइन् । अव्यवस्थित बसोबास गरिरहेकाहरुको समस्या समाधानका लागि पनि सरकार लागिरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News