आठ मुलुकबाट कृषिजन्य वस्तु आयत बन्द



काठमाडौं, चैत ५
सरकारले आठ मुलुकबाट कृषिजन्य, पशुजन्य र बिरुवाजन्य सामग्री आयातमा तत्कालका लागि रोक लगाएको छ । कोरोना त्रासको कारण कृषि मन्त्रालयले नेपालमा अनअराइभल भिसा बन्द गरिएका समुद्रपारका आठ वटा मुलुकबाट हुने तीन प्रकारका आयातमा रोक लगाएको जनाउको छ ।

रोक लगाइएका मुलुकमा चीन, दक्षिण कोरिया, जापान, इटली, इरान, फ्रान्स, जर्मनी र स्पेन छन् । कृषी तथा पशुपन्छी मन्त्रालयले फागुन २८ मा भन्सार कार्यालयहरूलाई पत्र पठाउँदै छालाका ब्याग, छालाकै गार्मेन्ट, बिस्कुट, चकलेट, नुडल्स, ड्राई मिट, ससेज लगायत जंक फुड र एफएमसीजी वर्गका मालवस्तु आयात नगर्न भनेको हो ।

कृषि मन्त्रालयको निर्देशनअनुसार भन्सार विभागले ८ मुलुकबाट आयात गरिने कृषिजन्य, पशुजन्य र बिरुवाजन्य खाद्यसामग्रीको आयातको अनुमतिपत्र दिन पनि बन्द गरेको छ । यो खबर आजको कोरोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News