जति छोटो स्कर्ट लगायो त्यति धेरै फाइदा !


 


बेइजिङ । चीनमा एक रेस्टुरेन्टले ग्राहकलाई लोभ्याउन एक अनौठो तरिका अपनाएको छ । उक्त रेष्टुरेन्टमा युवतीहरुले जति छोटो स्कर्ट लगाएर आए उनीहरुलाई त्यति नै बढी छुट दिने व्यवस्था गरेको छ ।

यो रेष्टुरेन्ट पूर्वी चीनको जिनान शहरमा छ । महिला ग्राहक पुगेपछि त्यहाँका कर्मचारीहरुले उनको स्कर्टको नाप लिने गर्छन र त्यसै अनुसार खानाको बिलमा छुट दिने गर्छन ।

कर्मचारीहरुले उनको घुडाबाट उनको स्कर्ट कति माथि रहेको छ भन्ने इन्ची टेपले नाप्ने गर्छन । स्कर्ट घुडाबाट ३ इन्च माथि भए २० प्रतिशत छुट दिने उक्त रेष्टुरेन्टमा १३ इन्चमाथि भए त्यस्ता युवतीले ९० प्रतिशत सम्म छुट पाउने गर्छन ।

यांग जिया हटपट रेष्टुरेन्ट चीनको जिनानको चोंगकिंग शहरमा स्वादिष्ट खानाका लागि प्रसिद्ध छ । उक्त रेष्टुरेन्टमा छोटो स्कर्ट लगाउनेलाई छुट दिने स्किम पछिल्लो सातादेखि लागु भएको डेलीमेलले लेखेको छ ।

रेष्टुरेन्टका मालिक ईसन यांगले आफूहरु पछिल्लो समयमा आर्थिक मन्दीको सामना गर्नुपरेका कारण आफूहरुले यस्तो स्किम ल्याएको बताएका छन् । आइतबार मात्रै यो स्किमपछि ५० महिला रेष्टुरेन्टमा खाना खान आएको उनले बताए ।

एजेन्सी

प्रकाशित मिति: २० जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्