कोरोना संक्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा, नाम राखिन् कोरोना र भाइरस


 


चीनबाट महामारीको रुपमा फैलदै गएको कोरोनाभाइरसका कारण अहिले विश्व नै आतंकित बनेको छ । कोरोनाका कारण हालसम्म हजारौ मानिसको मृत्यु भइसकेको छ ।

भने लाखौं मानिसहरु कोरोना संक्रमित भएका छन् । कोरोनाका कारण सबै मानिसहरु डरले घरबाट बाहिर निस्कन पनि छाडेका छन् । यस्तै मेक्सिकोमा पनि हालसम्म ८ सय भन्दा बडी कोरोना संक्रमित भेटिएका छन् ।

यसैक्रममा हालै मेक्सिकोमा एक अनौठो घटना भएको छ । मेक्सिकोकी एक कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । मेक्सिकोकी ३४ वर्षकी अन्नामारिया जोसे राफेलले जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

एक छोरा र एक छोरीको जन्म दिएकी राफेल कोरोना संक्रमित थिइन् । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

अस्पतालमा जुम्ल्याहा बच्चाको जन्म भएपछि चिकित्सकले कोरोना र भाइरस नाम राख्नु पर्ने राफेललाई बताए । उनले चिकित्सकले भने अनुसार नै दुबैको नाम कोरोना र भाइरस राखिदिइन् ।

प्रकाशित मिति: १७ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्