कोरोना भाइरसबाट भारतमा ४१ जनाको मृत्युु, सबै राज्यमा संक्रमण


 



एजेन्सी
कोरोना भाइरसका कारण भारतमा ४१ जनाको ज्यान गएको छ। भारतमा कोरोना संक्रमितको संख्या १८ सय ३४ पुगेको छ। सरकारले २१ दिन लामो लकडाउन गरेको छ।

दिल्लीबाट सुरु भएको कोरोनाको संक्रमण सबै राज्यमा पुगिसकेको छ। भारतमा धेरै प्रभावित महाराष्ट्रमा रहेका छन्, जहाँ ९ जनाको मृत्यु भैसकेको छ भने २ सय ५४ जना संक्रमित रहेका छन् ।

मध्यप्रदेश,उत्तर प्रदेश ,कर्नाटक लगायतका राज्यमा करिब १ सयको आँकडामा कोरोना संक्रमित रहेका छन्। अहिले फेरि दिल्लीमा भएको एक धार्मिक सभाका कारण भारतभर त्रास फैलिएको छ।

१७ सय मानिसले भाग लिएको उक्त सभामा सहभागी भएकामध्ये १०० जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ जनाको मृत्यु भइसकेको छ।

भारतका सबै राज्यबाट उक्त सभामा मानिसले भाग लिएका थिए । सोहीकारण भारतभर भाइरस सर्ने त्रासका कारण यो सभाका सहभागीहरुको निगरानी र खोजी तीव्र पारिएको छ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्