जापानमा नेपाली युवतीमा कोरोना संक्रमण


 


काठमाडौं, चैत्र २२
जापानमा २१ वर्षीया एक नेपाली युवतीलाई कोरोना (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। ती युवातीको इवाराकी प्रिफेसनको चुकुबा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

केअर गिभरको रुपमा कार्यरत ती युवतीलाई उनले हेरचाह गर्ने बृद्धबृद्धाबाट सरेको अस्पतालले पुष्टि गरेको छ। अस्पतालले उनको ब्यक्तिगत विवरण बाहिर ल्याएको छैन। उनलाई कोरोना भएको पुष्टि भएलगत्तै दूतवासलाई अस्पतालले जानकारी दिएको थियो। दूतावासले पनि परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ।

जापानस्थित नेपाली दूतवासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले अस्पतालमार्फत दूतावास संक्रमितको सम्पर्कमा रहेको टेलिफोनमा बताए। ‘केयर गिभरका रुपमा कार्यरत उनलाई परीक्षण गर्दा त्यस्तो देखिएको हो। उनी कार्यरत स्थानमा एक बृद्धालाई कोरोना संक्रमण देखिएपछि सबैलाई परीक्षण गरिएको थियो’, अर्यालले भने, ‘उहाँको अवस्था अहिले सामान्य छ। चिकित्सकले खतरा उन्मुख रहेको बताएका छन्।’

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्