नक्कली नोटको बिगबिगी


 


तेह्रथुम जेठ २१

म्याङलुङ बजारमा नक्कली नोट फेलापर्ने क्रम बढ्दै गएको छ। म्याङलुङमा रहेको बित्तिय संस्थाहरुले एक हजार रुपैयाँको सङकास्पद नोट फेला पारेका हुन्। बुधबार सहित एक हप्तामा दोस्रो पटक हजार दरको नक्कली नोट भेटिएको हो।

म्याङलुङ बजारमा रहेको ग्लोबल आईएमई बैंकले बुधबार फेरि एक हजार रुपैयाँको सङकास्पद नोट पहिचान ग¥यो। बैंकमा रकम जम्मा गर्न आएका ग्राहकले ल्याएको एक हजार रुपैयाँको नोटमाथि शंका लागेपछि बैंक कर्मचारीले जाँच गरेका थिए।

मेसिनबाट जाँच्दा नोट नक्कली भएको पुष्टि भएपछि ग्राहकलाई त्यसको जानकारी दिएको ग्लोबल आईएमई बैंकका तेह्रथुम शाखा प्रबन्धक आत्मराम बास्कोटाले बताए।
यसअघि जेष्ठ १२ गते सदरमुकाम म्याङलुङमा रहेको नेपाल बैक लिमिटेड शाखा तेह्रथुमले पनि एक हजार दरको नक्कली नोट फेला पारेको थियो।
सदरमुकाम म्याङलुङमा पशल गरि बस्ने एकजना ग्राहकले जम्मा गरेको एक लाख रुपैयाँको पोकोमा एक हजारको एउटा नोट अरु नोट भन्दा सानो र नक्कली जस्तो पाइएको नेपाल बैक लिमिटेड शाखा तेह्रथुमका प्रबन्धक जनक सुवेदीले बताए।
झट्ट हेर्दा सक्कली झै देखिने सो नोट सर्वसाधारणहरुले छुट्याउन गा¥होज्ञ हुने किसिमको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्