कोरोनाकाे महामारी: कुन देशमा कति नेपाली संक्रमित?


 


काठमाडाैँ, चैत्र २२
नेपाल र विभिन्न देशमा रहेका ८९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८ जना उपचारपछि निको भई घर फर्केका छन्।

‘हालसम्म नेपालमा ९ र विदेशमा रहेका ८० गरी कूल ८९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जानकारी हामीले प्राप्त गरेका छौं,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ, ८ जना उपचारपछि निको भई अस्पतालबाट फर्केका छन् र ७८ जना नेपाल लगायत विभिन्न देशका अस्पतालमा उपचारत छन्।’

परराष्ट्रले नेपाली नियोगहरुबाट हालसम्म प्राप्त रिपोर्ट अनुसार भारतमा २ जना, हङकङमा १ जना, जापानमा १ जना, युनाईटेड अरब इमिरेट्स युएईमा ८ जना, कुवेतमा २ जना, मलेसियामा २ जना, स्पेनमा ८ जना, अष्ट्रेलियामा ८ जना, बहराइनमा १२ जना, पोर्चुगलमा ८ र बेलायतमा ८ जनामा कोरोनाको संक्रमण देखिएको छ। संक्रमितमध्ये बेलायतमा २ जना नेपालीको मृत्यु भएको जनाइएको छ।

कोरोना भाइरसको महामारी विश्वभरि फैलिएपछि परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली नियोगहरुलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे दैनिक रिपोर्ट मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्