कुवेतमा एक नेपालीको मृत्यु


 


kuwetकुवेत, असोज २

 कुवेतमा एक नेपालीको मृत्यु भएको छ । मुस्ताङ जिल्ला लेते गाबिस धुम्पू घर भएका आई बहादुर खाती (दर्जी) को गत बिहिबार बिहान २ बजे उपचारका क्रममा निधन भएको हो ।

बिगत ३ बर्षदेखि कुवेतको युनाईटेड फ्यासिलिटिज म्यानेजमेन्ट (UFM) कम्पनिमा कार्यरत आई बहादुरको अचानक स्वास्थ्यमा समस्या देखिएपछी उनलाई सहयात्रीले हस्पिटल पुर्याएका थिए । गत ११ तारिखमा हस्पिटल भर्ना भएका उनलाई पहिले देखि दमको बिमार भएको सहकर्मी बिनोद पोख्रेलले जानकारी दिएका छन ।

बुधबार दिउसो ५ बजेसम्म सामान्य अवस्थामा कुरा गरिरहेका आई बहादुरको अचानक बिहिबार बिहान २ बजे निधन भएको पनि पोख्रेलले बताए । ५० बर्षिय दर्जीको घरमा श्रीमती, २ छोरा र एक छोरी रहेको दलित एकता संजाल कास्कीका उपाध्यक्ष जीवन खातीले जानकारी दिएका छन् ।

मृतक आई बहादुरको शव छिटोभन्दा छिटो नेपाल फर्काउने ब्यबस्था मिलाईदिन कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघसंस्था तथा नेपाली दुताबास समक्ष परिवारले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्