साउदीमा एक नेपालीको मृत्यु



saudi arabकाठमाडौं, असोज २

साउदीमा एक नेपालीको ज्यान गएको छ । रामेछापको टोकरपुर ७ का भिमबहादुर थापा मगरको सनिबार ज्यान गएको हो । त्यहाँको एक रेष्टुरेण्टमा कार्यरत भिमबहादुर टाउको दुखेपछि कामबाट कोठा फर्किएको र कोठामै ज्यान गएको परिवारले जनाएका छन् ।

सिनेट म्यानपावरबाट वैदेशिक रोजगारीमाा गएका भिमबहादुर विदामा आएर १४ महिना अघि साउदी जानु भएको थियो । भिमबहादुरका १४ र १० वर्षे दुई छोरा छन् । भिमबहादुरका दुई दाजुभाई पनि सोही कम्पनीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News