लकडाउनमा थानकोट–नैबिसे सडकमा ‘ओभर–ले’


 


काठमाडौं, चैत्र २७
कोरोना भाइरसविरुद्ध मुलुकले लकडाउन गरिरहेका बेला विस्तारै विकास निर्माणका काम पनि सुरु हुने भएका छन् । विशेषगरी सडक पूर्वाधारतर्फ काम थाल्ने सरकारको योजना छ ।

सामान्य समयमा सवारी साधनको बाक्लोे आवागमन हुने थानकोट–नैबिसे सडक लकडाउनमा सवारी नचल्ने हुँदा स्तरोन्नति हुने तय भएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै थानकोट–नैबिसेलगायत सामान्य समयमा सवारी साधनको बाक्लो आवागमन हुने सडकहरूको कालोपत्रेमाथि कालोपत्रे (ओभर–ले) गरिने भएको छ ।

उनले भने, “उक्त सडक खण्डको ‘ओभर–ले’ तथा स्तरोन्नति गर्नका लागि निर्माण कम्पनीलाई कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले दिएको निर्देशनलाई पालना गर्दै काम अगाडि बढाउन भनिएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रकाशित मिति: २७ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्