हलिउड अभिनेत्रीका ‘भव्य’ यौनजीवन


 


एन्जेलिना जोली

हलिउड अभिनेत्री एन्जेलिना जोलीको यौनजीवन विवादित खालको छ। उनी पुरुष र महिला दुवैसँग सेक्समा लीन हुने ‘बाइसेक्सुअल’ भएको चर्चा हलिउड वृत्तमा चर्को छ। जोलीले समेत एक अवसरमा कुनै समय आफू बाइसेक्सुअल भएको स्वीकार गरेकी थिइन्।

न् २००३ मा दिएको एउटा अन्तर्वार्तामा जोलीले भनेकी थिइन्, ‘पुरुषप्रति मात्र जाग्ने कामुक मनोभाव महिलाप्रति जागेको थाहा पाउँदा सुरुमा त म छक्क परेकी थिएँ। महिलाको शरीरलाई स्पर्श गर्ने, उसलाई चुम्बन गर्ने रहर अनौठो गरी पलाउन थाल्यो।’

जेनी जिमिजु नाम गरेकी एउटी ‘लेस्बियन’सँग कुनै बेला जोलीको रतिरागात्मक सम्बन्ध हुने गर्थ्यो। जेनी स्वयंले यसको खुलासा गरेकी हुन्। ‘हामीले कैयौँ पटक सेक्स गरेका छौँ। जोलीको अर्को एउटा सोख पनि थियो। खै, किन हो कुन्नि, उनी बेडरुममा चक्कुको रास थुपार्ने गर्थिन्,’ उनले भनिन्।

जेनी र जोलीबीच फिल्म ‘फक्सफायर’मा सँगै काम गर्दा चिनापर्ची भएको थियो। पछि यी दुईले फिल्म ‘जिया’मा काम गरे। ‘जिया’मा जोली बाइसेक्सुअल युवतीको भूमिकामा छिन् भने जेनीले ‘लेस्बियन’को भूमिका निर्वाह गरेकी छिन्। ‘बिहेअघि जेनीलाई भेटेको भए सायद म उसैसँग बिहे गर्ने थिएँ,’ एउटा अन्तर्वार्तामा जोलीले भनेकी थिइन्।

अभिनेता ब्राड पिटसँग सम्बन्धमा पर्नुअघि जोली अभिनेता तथा निर्देशक बिली बब थर्टसनकी पत्नी थिइन्। तर, बबले एकजना सेक्स थेरापिस्टसँग लहसिएर जोलीलाई छोडे। बबसँगको सेक्समा जोली एडिक्टजस्तै भएकी थिइन्। बबसँगको दैहिक दूरीको पीडाबाट तंग्रिन जोलीलाई लामो समय लागेको थियो।

बबभन्दा उमेरले २० वर्ष कान्छी भए पनि एन्जेलिनालाई उनले जवान पतिको कमी महसुस हुन दिएका थिएनन्। जसकारण उनी बबप्रतिको ‘लभ एन्ड सेक्स एडिक्सन’ले ग्रस्त भएकी थिइन्। आफूहरूबीच आक्रामक सेक्स हुने गरेको र जोली यसका लागि आतुर रहने गरेको बबले बताएका थिए।

एक दिन बब र जोली एउटा टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिन गएका थिए। अन्तर्वार्ताकै क्रममा बबले भने, ‘दर्शकलाई के ढाँट्नु? यहाँ आउँदा बाटोमा हामीले कारभित्रै भव्य सेक्स गर्यौँ ।’ कुनै समय आफू बाइसेक्सुअल भएको स्वीकार गर्ने एन्जेलिनालाई बबको यस्तो भनाइले रत्तिभर पनि अप्ठेरो महसुस गराएन।

माइली साइरस

यौन जीवनलाई भव्य एवं आक्रामक बनाउनुपर्छ र आवश्यक पर्दा यसले सामाजिक बन्धन नाघ्न पनि सक्नुपर्छ भन्ने मान्यता राख्ने महिला हुन्, अमेरिकी पपगायिका माइली साइरस ।

अस्ट्रेलियाली अभिनेता लियाम हेम्सवर्थ र अमेरिकी मोडल प्याटि्रक स्वार्जनेगरसँग माइलीले सेक्स जीवनका आरम्भिक दिनलाई बडो रोमाञ्चक बनाएकी थिइन्। कतिपयले माइलीको यौन जीवन  रोमाञ्चकभन्दा पनि भड्किलो ज्यादा भएको टिप्पणी गरेका छन् ।

यस्तो टिप्पणी गर्नेहरूले माइलीले भव्य पार्टी आयोजना भइरहेको बेला पार्टीस्थलमै सेक्स गरेको घटनाबारे उल्लेख गर्ने गरेका छन् । भेनिटी फेयर ओस्कार पार्टी आयोजना भइरहेको बेला पार्टीस्थलमा राखिएको एउटा टेबुलमुनि माइलीले लियामसँग सेक्स गरेकी थिइन् । तर, उनीहरूको रोमान्स लामो समय टिक्न सकेन ।

पार्टीमा सेक्स गर्दा गोपनीयता भंग हुने सम्भावना प्रबल थियो। अन्त्यमा भयो पनि त्यस्तै। पार्टीमा सहभागीहरूले उनीहरूको क्रीडा ‘लाइभ’ हेर्न पाए। रक्सीको मात लागेपछि होश गुमाउने र जेसुकै बोल्न अथवा गर्न पनि लाज नमान्ने माइलीले अरूले आफूहरूको रतिक्रीडा हेरिरहेको थाहा पाएपछि अप्ठेरो महसुस गरेकी थिइन्।

विभिन्न स्टेज पर्फर्मेन्समा माइलीले दर्शककै सामुन्ने मुखमैथुन गरेको हाउभाउ देखाउने गरेकी छिन्। एकपटक त उनले स्टेजमा गीत गाउँदागाउँदै आफूलाई पूरै नंग्याएकी थिइन्।

इभा लंगोरिया पार्कर

अमेरिकी अभिनेत्री इभा लंगोरिया पार्कर फिल्म र टेलिफिल्मको दुनियाँमा चिनिएको नाम हो। ‘डेस्परेट हाउसवाइफ’जस्तो सुपरहिट टीभी सिरियलमा काम गरेकी उनी सेक्सलाई भव्य रूपमा सेलब्रेट गर्नुपर्ने मान्यता राख्छिन्। सेक्स लाइफलाई नियमित क्रियाजस्तो बनाउनु नहुने र जहिले जस्तो अवस्थामा पनि यसको स्वाद चाख्न तत्पर हुनुपर्ने सिद्धान्त छ उनको।

हातखुट्टा बाँधेर विवशजस्तो बनेको अवस्थामा सेक्समा सरिक हुन पाउँदा आफू दंग पर्ने गरेको उनी बताउँछिन्। केही समयअघि ‘द सन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो सेक्स लाइफबारे खुलाउँदै भनेकी थिइन्, ‘मलाई आम रूपमा साधारण तरिकाले गरिने सेक्समा त्यति रुचि छैन। हातखुट्टा बाँधिएको होस् र यही अवस्थामा चरमोत्कर्षको स्वाद चाख्न पाइयोस्। यसमा जति मज्जा अरू केमा हुन्छ र?’

हातखुट्टा बाँध्नका लागि सिल्कको मफलर भयो भने सुनमा सुगन्ध थपिएजस्तो लाग्ने गर्छ, उनलाई। ‘सेक्स भनेको समर्पण हो,’ ३० वर्षीया पार्करले भनिन्, ‘जब तपाईं पार्टनरअघि आफूलाई बाँधेर प्रस्तुत हुनुहुन्छ, तब तपाईंले ऊसमक्ष आफूलाई पूर्ण समर्पण गरिदिनुभएको हुन्छ।

सेक्स पार्टनरमा सेक्सको कलाबाहेक चातुर्य, हास्यचेत र प्यासन हुनुपर्ने उनको मान्यता छ। उसको अनुहारले आफूलाई खासै असर नगर्ने उनी बताउँछिन्।

स्कार्लेट जोहान्सन

हलिउड अभिनेत्री स्कार्लेट जोहान्सनलाई मोडलिङ र गायनबारे पनि राम्रो ज्ञान छ। उनले दख्खल हासिल गरेको अर्को क्षेत्र भनेको सेक्स हो। ‘लस्ट इन ट्रान्सलेसन’ फिल्मका लागि बेफ्टाअन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइसकेकी उनलाई सेक्सका विविध स्वादमध्ये कारमा सेक्स गर्दा पाइने स्वादले बढी लोभ्याउने गर्छ।

एउटा अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘सेक्सलाई भव्य बनाउन सकिएन भने यसमा लीन नभएकै राम्रो।’ आनन्दको उत्कर्षमा पुग्ने उनको आफ्नै शैली छ। ‘मैले ओछ्यान, म्याट्रेस, बाथटब, गार्डेन, धेरै ठाउँमा मैले सेक्स गरेँे। तर, कारभित्र सेक्स गर्दाजस्तोे मज्जा मैले अन्त कतै पाइनँ।’

कामोत्तेजक मनोदशामा बहुलट्ठीपन प्रदर्शन गर्ने तीव्र इच्छा जागेको बेला उनले पार्टनरलाई बेडरुममा नभई कारमा लिएर जाने गरेकी छिन्। ‘त्यस्तो अवस्थामा पार्टनरलाई कारमा लैजान्छु र धीत मरुञ्जेल सेक्स गर्छु,’ उनले भनिन्, ‘सेक्स भव्य बनाउन वातावरण र माहोल पनि त्यस्तै खालको रोज्ने गरेकी छु ।

एकान्त ठाउँमा कार रोकिएको होस्, वातावरण शान्त होस्। बाहिर झमझम पानी परेको छ भने अझ राम्रो। र, कारको पडाछिको सिटमा सेक्स गर्न पाइयोस्।’ ‘वाइल्ड’ भएर नगरेको सेक्सको त्यति अर्थ नहुने यी २९ वर्षीया अभिनेत्री बताउँछिन्।

रिहाना

बार्बाडोसमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाई विश्वभरिका करोडौँ प्रशंसकको मन जित्न सफल पपगायिका रिहानाले अहिलेसम्मका सबै सेक्स पार्टनरको मन पनि जितिसकेकी छिन्। आक्रामक तरिकाले सेक्स गर्न असाध्यै मन पर्ने उनी बताउँछिन्। ‘सादा सेक्स पनि के सेक्स? सेक्सलाई थोरै मात्रामा भए पनि आक्रामक बनाउन सकियो भने पो वास्तविक मज्जा आउँछ,’ उनी भन्छिन्।

सेक्स गर्दा पार्टनरले आफूमाथि प्रेमपूर्वक ‘कठोर’ व्यवहार गरोस् भन्ने उनी चाहन्छिन्। ‘पार्टनरले मेरो पुट्ठामा र अन्यत्र हातले  प्रेमपूर्वक चाबुक लगाओस्,’ उनी भन्छिन्, ‘यसरी सेक्स गर्दाको क्षण सहिनसक्नु किसिमको आनन्ददायक हुन्छ।’

सेक्समा पीडा खोज्ने तपाईं कतै आत्मपीडक त होइन भनी एउटा म्यागजिनले गरेको प्रश्नमा उनले भनिन्, ‘यस अर्थमा मलाई आत्मपीडक भन्दा पनि हुन्छ। यसरी सेक्स गर्दा आफू अरूप्रति समर्पित भएको र उसको अधीनस्थता आफूले स्वीकार गरेको भाव मलाई प्राप्त हुन्छ। सेक्सका क्रममा उत्पन्न हुने यस्तो भावलाई म प्रेम गर्छु।’

ब्वाइफ्रेन्ड क्रिस ब्राउनसँग रिहानाले यस्तै काइदाले सेक्स गर्ने गरेकी थिइन्। ब्राउनसँगको सेक्समा आफूले आनन्दको सीमा पार गर्ने गरेको उनले विभिन्न अवसरमा स्वीकारसमेत गरेकी थिइन्। सन् २००९ मा रिहाना र ब्राउनबीच ब्रेकअप भयो। ब्राउनसँगको सेक्समा उनी यति अभ्यस्त भइसकेकी थिइन् कि ब्रेकअपपछि उनले ‘लभ एन्ड सेक्स एडिक्सन’ छुटाउन मनोचिकित्सकको सहयोग लिएकी थिइन्।

शुक्रबारबाट

प्रकाशित मिति: २१ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्