तलब नपाउँदा कतारमा ९ नेपाली अलपत्र


 


doha-qatarदाेहा, असाेज ३

वैदेशिक रोजगारको शिलशिलामा कतार पुगेका ९ नेपाली अलपत्र परेका छन् । लाजिम्पाट, काठमाडौंमा रहेको रोयल ओभर्सिज मेनपावरबाट कतारको एक पाकिस्तानी कम्पनीमा पुगेका ९ नेपाली युवक ६ महिनादेखि तलब नपाउँदा अलपत्र परेका हुन् ।

जसमा साजन पुन, (नवलपरासी) डान्स लम्साल, पिताम्बर लम्साल, नागेस बिक, (स्याङ्जा) खुम राना (पाल्पा) गङराज खडका (भोजपुर) दयालु यादव (रुपन्देही) राजकुमार श्रेष्ठ, (काभ्रे) छबिलाल राई (इलाम)रहेका छन् । कम्पनीले तलब दिन्छु भन्दै काम लगाएको तर ६ महिना पुग्दासम्म तलब नदिँदा अहिले अलपत्र परकाे उनिहरूले बताएका छन् ।

६ महिनासम्म तलब नदिँदा पसलमा उधारो धेरै भएकोले रासन लिएर खाना खान समेत अवस्था रहेको छैन् । विगत ७ महिनादेखि आइडिको पनि मिति पुग्दा समेत आइडि पनि मिति नथपिएको र बाहिर काम काजको लागि बाहिर निक्लन गाह्रो भएको र तलब नदिँदा कतै सम्पर्क गर्न रिचार्ज किन्न समेत उनीहरुलार्इ गार्हो भयको छ ।

अहिले अन्तिम अवस्थामा पुगेपछि कतै सम्पर्कको माध्यम नपाउँदा उनीहर अलपत्र परेका हुन् । उनीहरु भन्छन्, ‘रिचार्ज गरेर दुतावास फोन गरु भन्दा पैसा नै छैन, दूतावास कता छ त्यो पनि थाहा छैन, रुमबाट बहिर निक्लने अवस्था नै छैन, अहिले कोहिसँग पनि सम्पर्क छैन । बाहिर जाउ भने आइडिको मिति सकिएको छ, न त पैसा नै छ, पसलमा उधारो धेरै भएकाले राशन पनि ल्यायर खान गार्हो भइरहेको छ ।’

६ महिना पुग्दा समेत तलब नदिँदा पसलमा भएको उधारोको कारण पसलबाट राशन पनि लिएर खान नसक्ने अवस्था भएपछि काम पनि छोडेका छन् । नेपाली दूतावास कतार तथा कतारमा आबद्द गैरसरकारी संघसस्थालाई उद्दार गरिदिनको लागि अपिल समेत गरेका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्