चट्याङ लागेर घाइते


 


भेजपुर जेठ २१

भोजपुरको याङपाङमा चट्याङ लागेर एक जना घाइते भएका छन् । याङपाङ ३ पन्चेदोबाटोका ४७ बर्षीय शंकर शिवा चट्याङ लागेर गम्भीर घाइते भएका हुन् । बिहिबार मध्याह्न १२ बजे आएको हावा हुरी ,पानीसँगै आएको चट्याङले उनको टाउँकोमा चोट लागेको छ । घाइतेको उपचार स्वास्थकर्मी घरमै आएर भइरहेको घटनास्थलबाट स्थानीय नरेश शिवाले जानकारी दिए ।

प्रकाशित मिति: २१ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्