भारतीय फुटबलका पूर्वकप्तान भुटियाद्वारा पुलिसमा उजुरी


 


काठमाडाैँ, बैशाख ९
भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियाले सिलगडीका एक घरबेटीविरुद्ध उजुरी दिएका छन्। सिक्किम घरभएकी एक महिलालाई घरबाट निकालेर दुर्व्यवाहार गरेको भन्दै हाम्रो सिक्किम पार्टी (एचएसबी) का संस्थापकसमेत रहेका भुटियाले उजुरी दिएका हुन्।

ती महिलाको पहिचान खुलाइएको छैन। उनलाई ज्वरो र खोकी बढिरहँदा उनको घरधनीले कोरोनाको आशंका गर्दै घरबाट निकालिदिएका थिए। जसका कारण विरामी अवस्थामै घन्टौंसम्म उनी घरबिहीन भएर बस्नु परेको थियो। ती महिला सिक्किमको डिक्चु गाउँकी रहेको र सिलिगुडीको प्रधान नगर क्षेत्रमा एउटा घरमा भाडामा बस्दै आएकी थिइन्।

घरधनीले निकाले पछि समस्यामा परेकी उनलाई उनका साथीहरुले उद्दार गरेर अस्पताल पु्र्‍याएका थिए। जहाँ उनलाई सामान्य फ्लू भएको डाक्टरले रिपोर्ट दिएका थिए।उक्त मेडिकल रिपोर्ट लिएर जाँदासमेत उनका घरधनीले उनलाई बस्न दिएनन्। र, लकडाउन सकिएपछि मात्र बस्न दिने अडानमा रहे।

यो घटनासँगै भाइचुङ भुटियाले घरधनीविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। उनकै पहलमा ती महिलालाई सिलगुडीस्थित एक होटलमा राखिएको छ। फ्लू निको भएपछि पनि उनलाई घरधनीले प्रवेश गर्न नदिएको बताइएको छ।

प्रकाशित मिति: ९ बैशाख २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्