सिङ्गापुरले बनायो कोरोना संक्रमितको सूचना दिने एप


 



एजेन्सी
कोरोना भाइरस रोकथामका लागि विश्वमा विभिन्न प्रयास भैरहेका छन् । औषधि उपचारको खोजी तथा प्रविधिको प्रयोग पनि भइरहेको छ ।

यसैक्रममा सिंगापुरले कोरोना भाइरसविरुद्ध लड्न नयाँ एपको निर्माण गरेको जनाएको छ । उक्त एपले नजिक रहेका कोरोना भाइरस संक्रमितको सूचना दिने दावी गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोरोना प्रभावित मान्छे दुई मिटरसम्म पर रहेपनि एपको प्रबिधिले जानकारी दिने जनाइएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सिंगापुर सरकारले एप डाउनलोड गर्न आफ्ना नागरिकलाई आह्वान समेत गरेको छ ।

प्रकाशित मिति: १० बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्