धोनी चुक्दा बद्लिएको खेलको कथा


 


नयाँदिल्ली, बैशाख ११ एजेन्सी

अनुभवी विकेटकिपर महेन्द्र सिंह धोनी भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान् हुन् ।

आइसिसीको तीनै प्रतियोगिता ९एकदिवसिय विश्वकप, टि२० आई विश्वकप र च्याम्पियन्स ट्रफी उपाधि जित्ने विश्वको एक्लो कप्तान धोनी सर्वश्रेष्ठ विकेटकिपर तथा फिनिसर ब्याट्सम्यान मानिन्छन् ।

डेढ दशक समय भारतको सिनियर टोलीबाट खेल्दा धोनीले अधिकांश खेलमा आफ्नो प्रर्दशनमा खेल फिनिसिङ गर्दै जिताएका थिए । तर कतिपटक भने धोनीले फिनिसिङ गर्न चुकेका थिए । धोनीले आफ्नो शैलीमा खेल्दै खेल फिनिसिङ गर्न नसक्दा भारतले हारेका ७ खेल ।

भारतविरुद्ध श्रीलंका, एकदिवसिय २००७ राजकोट

चार खेलको एकदिवसिय सिरिज अन्तर्गत दोस्रो खेलमा टस हारेर ब्याटिङ थालेको श्रीलंका १३.२ ओभरमा ५८–४ को कमजोर सुरुवात गरेको थियो । त्यो अवस्थाबाट विकेटकिपर कुमार संगाकाराले १ सय २७ बलमा ११ चौका र ४ छक्का सहित १ सय १० रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै २५७–८ को प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

भारतलाई सौरभ गांगुली र सचिन तेन्दुलकरले तेस्रो विकेटका लागि १ सय रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ३० औं ओभरमा विरेन्द्र सहवाग आउट हुँदा भारत १६९–५ को बलियो अवस्थामा थियो । भारतलाई जितको लागि अन्तिम १२ बलमा १४ रन चाहिंएको थियो । तर ४९ औं ओभरमा लासिथ मलिङ्गाले ३ रन मात्र दिएपछि अन्तिम ओभरमा ११ रन आवश्यक परेको थियो ।

जयसुर्याको अन्तिम ओभरको पहिलो बलमा धोनीले दुई रन लिने क्रममा अनिल कुम्बले रन आउट भए । बाँकी दुई बल धोनीले डट खाएका थिए । चौथो बलमा धोनीले चौका प्रहार गरे । जुन त्यस खेलमा धोनीको पहिलो बाउन्ड्री थियो । पाँचौ बलमा धोनी ४८ रनमा क्याच आउट हुन पुगे । जुन खेलमा भारतले ५ रनले हारेको थियो ।

भारतविरुद्ध न्युजिल्यान्ड, टि२० आई २०१२, चेन्नई

दुई टेष्ट सिरिज २–० ले जितेको घरेलु टोली भारतले दुई टि२० आई सिरिज अन्तर्गत पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले सुरुवाती २ रन जोड्न २ विकेट गुमाएपनि ब्रेन्डम म्याकुलमले ५५ बलमा ११ चौका र ३ छक्का सहित ९१ रन बनाएपछि १६७–५ को योगफल तयार पारेको थियो । लक्ष्य पछ्याउने क्रममा विराट कोहलीले ओपनिङ गर्दै ४१ बलमा १० चौका र १ छक्का सहित ७० रन बनाउँदै आउट हुँदा जितको लागि ४० बलमा ४८ रन आवश्यक थियो ।

धोनीले सुरुवाती १५ बलमा ९ रन मात्र बनाएपछि भारत दबाबमा परेको थियो । भारतलाई अन्तिम ओभरमा १३ रन आवश्यक परेको थियो । धोनीले अन्तिम ओभरको दोस्रो बलमा चौका प्रहार गरेपनि अन्य बलमा बाउन्ड्री प्रहार नगर्दा भारतले १ रनले पराजित हुन पुगेको थियो । धोनी २३ बलमा २ चौका सहित २२ रन क्रिजमा रहेका थिए ।

इंग्ल्यान्डविरुद्ध टि२० आई २०१४, बर्मिङघम

इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले एक मात्र टि२० आई खेल्नुअघि पाँच टेष्ट सिरिज ३–१ ले गुमाएको थियो । पाँच ओडिआई सिरिज ३–१ ले जित्न सफल भएको थियो । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले ३१ बलमा ७१ रन आक्रामक इनिङ खेलेपछि १८०–७ को योगफल तयार पारेको थियो । विराट कोहलीले ४१ बलमा ६६ रन बनाएर पेभिलिएन फर्किदा ३४ बलमा जितको लागि ५० रन आवश्यक थियो ।

तर भारतले बाँकी २२ बलमा मात्र २४ रन बनाएपछि खेलले नयाँ मोड लिएको थियो । धोनीले सुरुवाती १० बलमा सिंगल मात्र जोड्दै दबाब बढाए । भारतलाई अन्तिम ओभरमा जितको लागि १७ रन आवश्यक थियो । धोनीले क्रिस वोक्सलाई पहिलो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरेपछि बाँकी २ बलमा जितको लागि ५ रन आवश्यक परेको थियो । पाँचौ बल डट खादा अन्तिम बलमा एक रन लिदा भारत ३ रनले पराजित हुन पुग्यो ।

भारतविरुद्ध दक्षिण अफ्रिका, एकदिवसिय २०१५, कानपुर

पाँच ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा कप्तान एबी डी भिलियर्सले १ सय ५ रनको शतकीय अविजित इनिङ खेलेपछि दक्षिण अफ्रिकाले ५० ओभरमा ३०३–५ को योगफल तयार पारेको थियो । लक्ष्य पछ्याउने क्रममा ओपनर रोहित शर्माले १ सय ३३ बलमा १३ चौका र ६ छक्का सहित १ सय ५० रन जोड्दै आउट हुँदा भारत ४६.१ ओभरमा २६९–४ को अवस्थामा थियो ।

भारतलाई २४ बलमा ३५ रन आवश्यक थियो । त्यो समय धोनी १६ बलमा ९ रनमा खेलेका थिए । धोनीले ३० बलमा १ चौका सहित ३१ रन मात्र बनाउँन सके । जसको कारण भारत ५ रनले पराजित भएको थियो ।

भारतविरुद्ध जिम्बावे, टि२० आई २०१६, हरारे

तीन खेलको टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग भारत अप्रत्याशित रुपमा पराजित भएको थियो । एक समय १५।१ ओभरमा १११–५ को कमजोर अवस्थामा पुगेको जिम्बावेलाई एल्टन चिगुम्बुरा २६ बलमा १ चौका र ७ छक्का सहित आक्रामक ५४ रन जोडेपछि १७०–६ को योगफल तयार पारेको थियो ।

जसमा भारतलाई अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । क्रिजमा धोनी १४ बलमा १६ रन बनाएर खेलेका थिए । धोनीले नेभिल मड्जिवको पहिलो बलमा १ रन लिए । दोस्रो बलमा अक्षर पटेल १८ रनमा आउट भए । तेस्रो बलमा धोनीले १ रन लिदा ऋषि धवनले बाँकी दुई बल खाए । अन्तिम बलमा धोनीले १ रन लिएपनि त्यो जितको लागि पर्याप्त थिएन । भारत २ रनले पराजित हुन पुग्यो ।

भारतविरुद्ध वेस्ट इन्डिज, टि२० आई २०१६, लाउडरहिल

ओपनर इभिन लेविस र जोनसन चार्ल्सले विश्फोटक ब्याटिङ गर्दै पहिलो विकेटका लागि मात्र ९।३ ओभरमा १ सय २६ रनको आक्रामक सुरुवातको सहयोगमा वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो । लेविसले ४९ बलमा १ सय र चाल्र्सले ३३ बलमा ७९ रन जोडेका थिए ।

विशाल लक्ष्य पछ्याएको भारतलाई लोकेश राहुलले उत्कृष्ट शतक प्रहार गरेपछि भारतलाई अन्तिम ६ बलमा जितको लागि ८ रन चाहिएको थियो । धोनी ४० र राहुल १ सय ८ रनमा क्रिजमा थिए । ड्वेन ब्राभोले धोनी र राहुलले सुरुवाती चार बलमा १–१ रन लिन मात्र सके । धोनीले पाँचौ बलमा २ रन लिएपनि अन्तिम बलमा ठुलो सट खेल्नेक्रममा ४३ रनमा क्याच आउट भएपछि भारत १ रनले पराजित भएको थियो ।

भारत विरुद्ध वेस्ट इन्डिज, एकदिवसिय ९२०१७, एन्टिगुआ

पाँच खेलको ओडिआई सिरिज अन्तर्गत चौथो खेलमा वेस्ट इन्डिजले ५० ओभरमा १८९–९ को योगफल तयार पारेको थियो । जुन लक्ष्य भारतले सहजै पुरा गर्ने अनुमान गरिएको थियो । खराब सुरुवात गरेको भारतलाई ओपनर अजिंक्य रहाणेले ६० रन जोडेपछि जितको आशा दिलाएका थिए । तर धोनीले खेल अन्त्य गर्न नसक्दा भारत पराजित भएको थियो ।

धोनीले ४९ औं ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि १ सय १४ बलमा मात्र १ चौकाको सहयोगमा मात्र ५४ रन बनाएका थिए । भारत ४९।४ ओभरमा १ सय ७८ रनमा अलआउट हुँदै ११ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: ११ बैशाख २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्