कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी



काठमाडौँ, बैशाख १२
कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी उनीहरुलाई आममाफी दिएको बताए।

विभिन्न कसुरमा कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुलाई आममाफी दिइ रिहाई गर्न लागिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News