कोरोनाले छेकेन, कोरियामा एक जोडीले यसरी गरे ‘भर्चुअल’ विवाह


 


एजेन्सी, बैशाख १३
कोरोना भाइरस महामारीका कारण उत्पन्न परिस्थितिले विवाह गर्ने तयारीमा रहेका संसारका थुप्रै जोडीहरुको विवाह योजनालाई लथालिङ्ग बनाएको छ। तर यो प्रतिकुल परिस्थितिकाबीच नै दक्षिण कोरियाको सउलमा एक जोडी भने विवाह-वन्धनमा बाँधिएको छ।

जिसु हा र जी-तुलेको जोडीले प्रविधिको प्रयोगबाट आफ्ना परिवार र ५० साथीहरूलाई सहभागी गराउँदै एक खाली विवाह हलमा भर्चुअल रुपमा विवाह सम्पन्न गरेका हुन्।

दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सहयोगमा उनीहरूले भर्चुअल विवाह गरेका हुन्। सो कम्पनीले महामारीका कारण समस्यामा परेकाहरूलाई सहयोग गर्ने अभियान अन्तरगत उनीहरूलाई भर्चुअल विवाह गर्न सहयोग गरेको हो।

यो जोडीका ५० साथी र पारिवारिक सदस्यले यूट्यूबमा समेत लाइभ स्ट्रिम भएको ४५ मिनेट लामो विवाह समारोहलाई जुमबाट प्रत्यक्ष हेरेका थिए।

हलमा लगाइएको ठूलो विद्युतीय डिस्प्ले बोर्डबाट प्रत्यक्षरुपमा पाहुनासँग साक्षात्कार गर्दै उनीहरू विवाह-वन्धनमा बाँधिए।

‘मेरी आमाले हाम्रा लागि पढेको चिठ्ठीले मन छोयो’, पार्कले भनिन्।

‘मैले धेरै नजिकैबाट उहाँलाई देख्न र उहाँको आवाज सुन्न पाएँ। मैले मेरी आमाको आवाजमा थोरै थर्थराएको अनुभव गरिरहेकी थिएँ’, पार्कले आफ्नो अनुभव साटिन्।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्