दुई साता पनि टिकेन नेयमारकी आमाको नयाँ सम्बन्ध


 


ब्राजिल, बैशाख १३ एजेन्सी

ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार फरवार्ड नेयमार जुनियरकी आमा नादिया गोन्साल्भेसको आफ्ना छोराभन्दा ६ वर्ष कान्छा युवासँगको प्रेम सम्बन्ध २ साता नपुग्दै टुटेको छ ।

केहि दिनअघि मात्र ५२ वर्षीय नदिना छोरा नेयमार भन्दा पनि ६ वर्ष कान्छो केटासँग ‘डेटिङ’ मा भएका कारण चर्चामा रहेकी थिइन् । नदियाको प्रेमी तियागो रामोसको उमेर २२ वर्ष मात्रै रहेको थियो । जबकी नेयमार २८ वर्षका भए । नादियाले आफैंले इन्स्टाग्राममा रामोससँग ‘डेटिङ’ को फोटो पोस्ट गर्दै सम्बन्धको खुलासा गरेकी थिइन् ।

तर उक्त सम्बन्ध विस्तार भएको दुई साता नबित्दै सम्बन्ध सकिएको छ । द सनका अनुसार नादियाले उनको प्रेमी रामोसले यसअघि पुरुषसँग पनि सम्बन्धमा रहेका कारण उनलाई घरबाट निकाल्दै सम्बन्धमा पूर्णविराम लगाएकी हुन् । रामोस यसअघि माउरो नाम गरेका नेयमारकै भान्साका सेफसँग सम्बन्धमा रहेको खुलासा भएको छ ।

त्यसअघि उनी ब्राजिलका अभिनेता कर्लिन्होस माइआसँग पनि सम्बन्धमा थिए । रामोस ब्राजिलमा एक मोडलका रुपमा कार्यरत छन् । उनी कम्प्युटरमा भर्चुअल गेमरका रुपमा पनि परिचित छन् । नेयमार र परिवारबाट दबाब आएपछि नादियाले सम्बन्ध तोडेकी हुन् ।

नादियाले नेमारको बुवा तथा एजेन्ट वाग्नर रिबेइरोसँग २०१६ मा २५ वर्षे लामो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । नेयमार बुवासँगै आमा र बहिनीसँग पनि नजिक छन् । कोरोना त्रासका कारण ब्राजिलमा फर्किएका नेयमारले केही साताअघि आफ्नो आमा र बहिनीलाई भेटेका थिए ।

प्रकाशित मिति: १३ बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्