Deshko News
१३ आश्विन २०८०, शनिबार

रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना



एजेन्सी, बैशाख १५
अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोना ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होको पक्षमा उभिएका छन् । उनले रोनाल्डो अपराधी नभएको जिकिर गरेका छन् ।

विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा छन् । फर्जी पासपोर्ट बोकेको भन्दै रोनाल्डिन्हो र उनको दाई पाराग्वेमा पक्राउ परेका थिए । धरौटीमा छुटेपनि उनीहरुले पाराग्वे भने छाड्न पाएका छैन । उनीहरु होटलमा बसिरहेका छन् ।

बार्सिलोना तथा एसी मिलानका पूर्व स्टारले आफुमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका छन् । ‘रोनाल्डिन्होलाई जे गरिएको त्यसले मलाई दुःख दियो,’ उनले भने, ‘उनी कुनै अपराधी होइन । कामका लागि गएका हुन् । आदर्श खेलाडी हुनु मात्र उनको दोष हो । उनी मेरो साथी हुन् र बाचुन्जेल रहन्छन् ।’

कोभिड १९ का कारण भविष्यलाई लिएर अर्जेन्टिनाका पूर्व विश्व कप विजेता म्यारोडोनाले भविष्यका बारेमा चिन्ता गरेका छन् । ‘अब आर्थिक अवस्था पहिला जस्तै हुँदेन । अब नेताहरुले पुरानै अवस्थामा पुर्याउन मेहनत गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘भाग्यवश हाम्रा अर्जेन्टिना फुटबल संघमा उत्कृष्ट नेता छन् । मलाई आशा छ उनीहरुले उत्कृष्ट निर्णय लिनेछन् । ‘

प्रकाशित मिति: १५ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News