Deshko News
१६ आश्विन २०८०, मंगलबार

‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’



एजेन्सी, बैशाख १९
अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्।

कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु सञ्चालन गर्नेबारेको छलफल शुरु भएपछि अग्युरोले खेलाडीमा अझै डर भएकाले मैदान फर्कन नचाहेको बताएका हुन् ।

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु आउँदो जुन ८ देखि पुनः सुरु हुने अपेक्षा छ । त्यसका लागि खेलाडीहरु मे १८ सम्ममा पूर्ण प्रशिक्षणमा फर्किनु पर्ने हुन्छ ।

शीर्ष लिगका क्लबहरु बाँकी खेलहरु के गर्ने र सुरु गरे कहिलेदेखि सुरु गर्ने भन्ने बारे निर्णय गर्न शुक्रबार छलफलमा जुट्दै छन् ।

३१ वर्षका अग्युरोले अर्जेन्टिनाको टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘अहिलेको अवस्थामा खेलमा फर्किनका लागि अधिकांश खेलाडीहरु डराएका छन्, किनकी उनीहरुका छोराछोरी छन्, परिवार छन् ।’

‘संक्रमण भएकाहरुमा पनि लक्षण देखिँदैन भन्छन्, ममा पनि त संक्रमण भएको हुन सक्छ । मैले प्रेमिकालाई सारेको हुन सक्छु । म त डराएको छु । अरु खेलाडीहरु पनि डराएका छन् ।’

कोरोना भाइरसका कारण प्रिमियर लिग फुटबलका खेलहरु मार्च १३ देखि रोकिएका छन् । लिगका ९२ खेलहरु हुन बाँकी नै छ ।

प्रकाशित मिति: १९ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News