मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् ? प्रशिक्षकले गरे खण्डन


 



लियोनेल मेस्सी बार्सिलोनालाई छोडेर जानलागेको भन्ने खबर सार्वजनिक भैरहेका छन् । तर यहीबीचमा
मेस्सी र बार्सिलोनालाई जोडेर आइरहेका खबरहरुको क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले खण्डन गरेका छन् ।

प्रशिक्षक सेटिनले कप्तान लियोनेल मेस्सी र बार्सिलोना सधैं एकअर्काको परिपूर्वक भएको संज्ञा दिँदै मेस्सीले क्लबमा सम्झौता नवीकरण गर्ने बताएका हुन् ।

मेस्सी र क्लब बोर्डबीच सम्वन्ध चिसिएको समाचारले व्यापकता पाइरहेको बेला उनले मेस्सी इटालियन क्लब इन्टर मिलान जाने हल्ला मात्रै भएको बताए । बार्सिलोनासँग अर्को समरसम्मको सम्झौता रहेपनि थप सम्झौताबारे भने कुनै निर्णय हुन सकेको छैन ।

यही मौका छोपेर इन्टर मिलानले मेस्सीलाई सनसनीपुर्ण रुपमा अनुबन्ध गर्ने योजना बनाए पनि प्रशिक्षकले उक्त खबरहरुको खण्डन गरेका हुन् । मेस्सी विगत २० वर्षदेखि बार्सिलोनामा छन् ।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्