युवकले आफ्नै गोप्य अंग ‘ब्लेड’ले काटेपछि…


 


काठमाडौं, बैशाख २०
भारतको मध्य प्रदेशमा एउटा अनाैठाे घटना भएको छ । जहाँ एक युवकले आफ्नो प्राइभेट पार्ट नै काटेका छन् । जब अस्पतालमा डाक्टरले उनलाई किन त्यसो गरेको भनेर कारण सोधे, तब डाक्टर नै चकित बने ।

उनले आफू तेश्रोलिङ्गी बन्न चाहेको कुरा व्यक्त गरे । युवकले आफ्नो गोप्य अंग काटेर फालेपछि परिवारले उनलाई नजिकैको सरकारी अस्पतालमा लगेको थियो ।

उक्त युवक शिवपुरी जिल्लाको तहसील मुख्यालयस्थित पिछोर गाउँ नगरेलाका हुन् । उनको नाम उमेश जाटव रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । संसारमा विभिन्न प्रकारका मानिसहरु हुने गर्दछन् ।

जो फरक देखिनको लागि अनेक काम गर्ने गर्दछन् । कोहि फरक बन्ने बहानामा सर्जरी गराउँछन् भने कोहि यस्तो काम गर्दछन्, जसका कारण उनीहरुको जीवन भरि नै अभिशाप बनिदिन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्