ट्रम्पका सहयोगीलाई पनि देखियो कोरोना, व्ह्वाइटमा त्रास


 



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सहयोगीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। सहयोगीलाई कोरोना देखिएपछि अब ह्वाइट हाउसमा कारोना भाइरसको परीक्षणको दायरा बढाइने भएको छ।

ट्रम्पले भने, ‘हालसम्म परीक्षण हप्तामा एक पटक हुन्थ्यो भने अब यो दैनिक हुनेछ ।’ यद्यपि उनले आफ्न ती सहयोगी व्यक्तिसँग निकै कम सम्पर्क हुनेगरेको बताएका छन् ।

सीएनएनका अनुसार संक्रमित व्यक्ति ट्रम्पका एक निजी सेवक हुन् । ट्रम्पले बुधबार र बिहिबार आफ्नो पनि कोरोनाभाइरसको परीक्षण भएको जानकारी दिएका छन् ।

यसअघि पूर्व प्रेस सेक्रेटरी होगन गिडलेले ह्वाइट हाउसमा काम गर्ने यूएस मिलिट्रीका एक सदस्यको स्याम्पल पोजिटिभ आएको जानकारी दिएका थिए । बीबीसी

प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्