अस्ट्रेलियामा किशोरीमाथि यौन दुर्व्यहारको आरोपमा एक नेपाली पक्राउ



सिड्नी, बैशाख २६
अस्ट्रेलियामा १८ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। अस्ट्रेलिया प्रहरीले नेपाली मूलका २५ वर्षीय युवकलाई वैशाख १२ गते हस्र्टभिलबाट पक्राउ गरेको थियो । उनलाई शुक्रबार दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

गत चैत ५ गते एक १८ वर्षीया युवती जागिरको लागि अन्तर्वार्ता दिन अलावाह रेलवे स्टेशनबाट वाइड्स एभिन्यूतर्फ जाँदै थिइन् । त्यहाँ उनले एक जना (नेपाली) युवकलाई भेटिन् । उनले बसमार्फत यात्रा गर्न सुझाउँदै किशोरीमाथि यौन दुर्व्यवहार गरे । युवती त्यहाँबाट भागेर बच्न सफल भइन् ।

त्यसपछि किशोरीले आफूमाथि यौन हिंसा भएको भन्दै प्रहरीलाई जानकारी दिइन् । युवतीको जानकारी पछि प्रहरीको ट्रान्सपोर्ट एण्ड सफ्टी कमान्डका अधिकारीले तत्काल अनुसन्धान शुरु गरे ।अनुसन्धानका क्रममा किशोरीमाथि यौन दुर्व्यवहार भएको पाइएपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News