गुजरातमा एकै परिवारका चार नेपालीले गरे आत्महत्या



काठमाडौँ, बैशाख २६
कोरोना संक्रमणका कारण सोमबार नयाँदिल्लीमा बाग्लुङ घर भएका एक नेपालीको मृत्यु भएको छ । यसअघि शनिबार गुजरातमा बस्ने सुर्खेत घर भएका एकै परिवारका चार सदस्यले आत्महत्या गरेका थिए ।

अहिलेको संकट सामना गर्न नसकेर उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको छ । त्यस्तै, पाँच दिनअघि दिल्लीनजिकैको गुरुग्राममा एक नेपाली महिलाले पनि आत्महत्या गरेकी थिइन् । दिल्लीस्थित नेपाली दूतावासले गुजरातमा आत्महत्या गरेका नेपालीका विषयमा विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।

‘आत्महत्याको कारण अहिलेको संकट नै हो कि अरू केही हो भन्ने विषयमा आधिकारिक जानकारीको प्रतीक्षा गरिरहेका छौँ,’ दूतावासका उपनियोग प्रमुख भरतराज रेग्मीले भने ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News