नीति तथा कार्यक्रममा खेलकुदः पूर्वाधारमा जोड


 


काठमाडौं, जेठ ३

सरकारले खेलकुद पूर्वाधारलाई जोड दिने जनाएको छ । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्राप्त सफलतालाई उपलब्धी मान्दै सरकारले नीति तथा कार्यक्रममा त्यसकै आधारमा आउने दिनमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन गरिने बताएको छ ।

मंसिरमा सम्पन्न १३ औं सागमा नेपालले अंक तालिकामो दोस्रो स्थान प्राप्त गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित २ सय ६ पदक जितेको थियो ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा आगामी दिनमा सरकारले अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा सहभागी भई पदक जित्ने गरि खेलाडीको क्षमता बढाउने घोषणा गरिन् ।

खेलकुदका हकमा सरकारको नीति तथा कार्यक्रम पुरानै शैलीको निरन्तरता मात्रै देखिन्छ । खेलाडीको क्षमता विकास गर्ने, स्थानिय र प्रादेशिक तथा राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पुर्वाधार निमार्ण र स्तरोन्ती कामलाई निरन्तरता दिने उल्लेख छ । त्यस्तै उच्च पर्वतिय खेलकुद तालिम केन्द्र, निजि क्षेत्रबाट पहल गरेका खेल पुर्वाधारलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रमकै आधारमा अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्नेछन् । चालु आर्थिक वर्षको तुलानामा आगामी आर्थिक वर्षको खेलकुद बजेटमा कटौती भएको बताइएको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्